काठमाडौँ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसहमतिले पारित भएको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभासमक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे।
विधेयक सर्वसहमतिले संसद्बाट पारित भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार १ बजे बस्ने गरी स्थगित भएको छ।