नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

राष्ट्रपाटी न्युज

जेष्ठ ११, २०८३

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ। नेप्से उच्च अंकले बढ्दा करिब ६ अर्ब बराबरको कारोबार भएको छ।

यसदिन ३४२ स्क्रिप्सको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ९ अर्ब ९८ करोड ६४ लाख  १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भए।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। थ्री स्टार हाइड्रोपावरको सेयर ९.०१ प्रतिशतले बढ्यो। बुंगल हाइड्रोको सेयर १०.३२ प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये २३५ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। म्युचुअल फण्डको सेयर ०.२० प्रतिशतले घट्यो।


Published :जेष्ठ ११, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media