आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६६ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्री दर ३१ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्री दर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।


Published :६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media