थाहा पाउनुहोस् २०८१ फागुन ११ गते आइतबारको राशिफल

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन ११ गते आइतबार, ई.स. २०२५ फेबु्रअरी २३, तिथि-फाल्गुुण कृष्णपक्ष दशमी, १०ः३३ बजेपछि एकादशी, मूल- नक्षत्र, १५ः५४ बजेपछि पूर्वाषाढा, वज्र- योग, भद्रा- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः३६, सूर्यास्त- १८ः०० ।

मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

तुला : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

वृश्चिक : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।


Published :११ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media