अझै पक्राउ परेनन्; बुढानिलकण्ठमा नगर प्रहरीलाइ आक्रमण गर्नेहरु

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०८१

काठमाडौँ । गत शुक्रबार बुढानिलकण्ठ नगरपालिकामा कार्यरत महिला नगर प्रहरी माथि हातपात भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती चोकमा रहेका अव्यवस्थित तारहरु व्यवस्थापनका लागि खटिएकी नगर प्रहरी मनिता मगर माथि केहि अज्ञात व्याक्तिहरुले आक्रमण गरेका थिए।

उक्त घटनामा संलग्न व्याक्तिहरु अहिलेसम्म पक्राउ नपरेको नेपाल प्रहरी कपन प्रभागले जानकारी दिएको छ। उक्त घटनामा संलग्न व्याक्तिहरु चढेको स्कुटरको नम्बर पत्ता लागिसकेको र सम्बन्धित व्याक्तिहरु छिट्टै पक्राउ पर्ने कपन प्रहरी प्रभागको भनाइ छ।

आफ्नो ड्युटीमा रहेको बेला बिनाकारण नगर प्रहरी जवान पिटिदा समेत ३ दिनसम्म सम्बन्धित दोषी पक्राउ नपर्नुले प्रहरीको ढिला सुस्ती अनुसन्धान प्रक्रिया उदाङ्गो बनेको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीको भनाइ छ।


Published :११ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media