भाषाविद् चूडामणि गौतमको निधन

राष्ट्रपाटी न्युज

फाल्गुन १३, २०८१

काठमाडौँ । भाषाविद् चूडामणि गौतमको निधन भएको छ। गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ काठमाडौँमा निधन भएको हो।

पत्रकार रोचक घिमिरेका अनुसार गौतम केही समयदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनको सोमबार नै अन्त्येष्टि गरिएको छ।

२०३७ सालमा पहिलो ‘गौतम नेपाली व्याकरण’ बजारमा ल्याएका गौतमका भाषा व्याकरणका १०० भन्दा बढी पुस्तक प्रकाशित छन्।

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ‘ग्रामर गुरु’का नामले चिनिन्थे। २०७९ भदौमा विमोचन भएको ‘बृहत्तर नेपाली शब्दकोश’ उनको पछिल्लो पुस्तक हो ।


Published :फाल्गुन १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media