पशुपतिनाथमा भक्तजन र साधुसन्तको घुइँचो (फोटो फिचर)

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८१

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बुधबार बिहान पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको र भक्तजनको चहलपहल बढेको हो ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गरेको छ ।


Published :फाल्गुन १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media