थाहा पाउनुहोस् २०८१ फागुन १५ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन १५ गते बिहीबार, ई.स. २०२५ फेब्रुअरी २७, तिथि- फाल्गुुण कृष्णपक्ष चतुर्दशी, ०८ः३६ बजेपछि औंसी, धनिष्ठा- नक्षत्र, शिव- योग, शकुनि- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः३०, सूर्यास्त- १८ः०२ ।

मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।


Published :१५ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media