थाहा पाउनुहोस् २०८१ फागुन १६ गते शुक्रबारको राशिफल

राष्ट्रपाटी न्युज

१६ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन १६ गते शुक्रबार, ई.स. २०२५ फेब्रुअरी २८, तिथि- फाल्गुुण कृष्णपक्ष औंसी, ०७ः०१ बजेपछि प्रतिपदा, शतभिषा- नक्षत्र, सिद्ध- योग, नाग- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः३१, सूर्यास्त- १८ः०३ ।

मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद् खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।


Published :१६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media