खराब मौसमका कारण परराष्ट्रमन्त्री चढेको जहाज कलकत्ता डाइभर्ट

राष्ट्रपाटी न्युज

फाल्गुन १६, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कलकत्ता डाइभर्ट गरिएको छ ।

मौसम खराबीका कारण विमान अवतरण हुन नसकेको हो ।

परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किँदै थिइन् ।

जेनेभामा भएको राष्ट्रसंघको बैठकमा सहभागी भएर उनी सवार जहाज कतारको दोहा हुँदै काठमाडौं अवतरण गर्ने तालिका थियो ।


Published :फाल्गुन १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media