थाहा पाउनुहोस् २०८१ फागुन २० गते मंगलबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन २०, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन २० गते मंगलबार, ई.स. २०२५ मार्च ४, तिथि- फाल्गुुण शुक्लपक्ष पञ्चमी, अश्विनी- नक्षत्र, ०८ः५४ बजेपछि भरणी, ब्रह्म- योग, वव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः२७, सूर्यास्त- १८ः०५ ।

मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ ।

वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।


Published :फाल्गुन २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media