कस्तो रहला आज दिनभरिको मौसम ?

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहनेछ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


Published :फाल्गुन २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media