तिब्बतमा फेरि गयो भूकम्प, धक्का काठमाडौंसम्म

राष्ट्रपाटी न्युज

फाल्गुन २४, २०८१

काठमाडौँ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १४:३५ बजे उक्त स्थान केन्द्र भएर ५.९ म्याग्नेच्यूडको भूकम्प भएको हो ।

यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको  थियो ।

शनिबार बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो।

आजै बिहान ३:१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प भएको थियो।


Published :फाल्गुन २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media