यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

फाल्गुन २५, २०८१

काठमाडौँ । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसको कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


Published :फाल्गुन २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media