थाहा पाउनुहोस् २०८१ फागुन २६ गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन २६, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन २६ गते सोमबार, ई.स. २०२५ मार्च १०, तिथि- फाल्गुुण शुक्लपक्ष एकादशी, ०९ः५८ बजेपछि द्वादशी, तिष्य- नक्षत्र, शोभन- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः२१, सूर्यास्त- १८ः०९ ।

मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

सिंह : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

कन्या : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

तुला : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

वृश्चिक : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।


Published :फाल्गुन २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media