थाहा पाउनुहोस् २०८१ फागुन २७ गते मंगलबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन २७, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन २७ गते मंगलबार, ई.स. २०२५ मार्च ११, तिथि- फाल्गुुण शुक्लपक्ष द्वादशी, ०९ः३९ बजेपछि त्रयोदशी, अश्लेषा- नक्षत्र, अतिगण्ड- योग, वालव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः२०, सूर्यास्त- १८ः०९ ।

मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।

कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

धनु : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।

मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।


Published :फाल्गुन २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media