संघीय संसदका दुईवटा समितिको बैठक बस्दै

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०८१

काठमाडौं । संघीय संसदका विभिन्न दुई समितिको बैठक आज बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लैङ्गिक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने बताइएको छ ।


Published :२७ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media