चारदेशीय महिला टी–ट्वान्टीः आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०८१

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।

नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।


Published :२८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media