काठमाडौँ । आज वि.सं २०८१ फागुन २९ गते बिहीबार, ई.स. २०२५ मार्च १३, तिथि- फाल्गुुण शुक्लपक्ष चतुर्दशी, १०ः३२ बजेपछि पूर्णिमा, पूर्वफाल्गुनी- नक्षत्र, धृति- योग, वणिज- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः१८, सूर्यास्त- १८ः११ ।
मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : एक्लोपन र निराशाले सताउनेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।