काठमाडौंका विभिन्न स्थानमा होलीको रौनक (तस्बीरहरु)

राष्ट्रपाटी न्युज

फाल्गुन २९, २०८१

काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व। आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्।

यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृद्धवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्। होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा यो पर्वको विशेष रौनक छाउने गर्छ ।

होलीको दिन काठमाडौंको वसन्तपुर, पाटन दरबार क्षेत्रमा रङ्गोत्सव छाएको छ। फागुका रङहरूमा युवायुवती खुलेका छन्। समूह, समूहमा भेला भएका उनीहरू अहिले वसन्तपुरमा आपसमा रङ दलेर सद्भावको सञ्चार गरिरहेका छन् ।

 


Published :फाल्गुन २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media