होलीमा उच्छृंखल गतिविधि गर्ने २४ जना प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

फाल्गुन २९, २०८१

काठमाडौँ । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार काठमाडाैंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा २२ पुरुष र दुई महिला छन्।

पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने २७० सवारीसाधन नियन्त्रणमा लिएको छ।


Published :फाल्गुन २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media