यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

चैत्र ४, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव छ ।


Published :चैत्र ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media