थाहा पाउनुहोस् २०८१ चैत ५ गते मंगलबारको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र ५, २०८१

काठमाडौँ । आज वि.सं २०८१ चैत ५ गते मंगलबार, ई.स. २०२५ मार्च १८, तिथि- चैत कृष्णपक्ष चतुर्थी, स्वाती- नक्षत्र, १५ः४० बजेपछि विशाखा, व्याघात- योग, वव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः१२, सूर्यास्त- १८ः१३ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

मिथुन : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।


Published :चैत्र ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media