बुढानीलकण्ठ नगरपालिकामा अटिजम सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा अटिजम सचेतना सम्बन्धी ३ दिने कार्यक्रम सम्पन्न भएको छ। अटिजम सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ३ दिने विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका विभिन्न अभिभावक र शिक्षकहरूको सहभागिता रहेको थियो। अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षणमा आउन सक्ने चुनौतीहरूबारे छलफल गर्दै, सहभागीहरूले आवश्यक रणनीति र समाधानबारे जानकारी प्राप्त गरेका थिए।

उक्त कार्यक्रमको समन्वय Friends of Parents of Children with Autism ले गरेको थियो। सहभागीहरूले अटिजम भएका बालबालिकाको उचित हेरचाह र सहयोगका उपायहरूबारे उपयोगी जानकारी हासिल गरेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमले अटिजम सम्बन्धी समाजमा सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ ।


Published :४ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media