थाहा पाउनुहोस् २०८१ चैत ७ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र ७, २०८१

काठमाडौँ । आज वि.सं २०८१ चैत ७ गते बिहीबार, ई.स. २०२५ मार्च २०, तिथि- चैत कृष्णपक्ष षष्ठी, अनुराधा- नक्षत्र, वज्र- योग, गर- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः१०, सूर्यास्त- १८ः१४ ।

मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

मिथुन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

कर्कट : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

सिंंह : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

तुला : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा सघाउ पुर्‍याउनेछन् ।

कुम्भ : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।


Published :चैत्र ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media