कुलमान समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा घम्साघम्सी

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ वानेश्वरमा घम्साघम्सी भएको छ ।

कुलमानका समर्थकहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । उनीहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि घम्साघम्सी भएको हो ।

प्रदर्शनकारीले ‘लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन’, ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ लगायत लेखिएका ब्यानरसहित प्रदर्शन गरिरहेका छन् ।


Published :चैत्र १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media