तीनकुनेको आगजनीमा परी एभिन्यूजका पत्रकार रजकको निधन

राष्ट्रपाटी न्युज

चैत्र १५, २०८१

काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थक प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजका पत्रकार  सुरेश रजकको निधन भएको छ ।

एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थक प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।


Published :चैत्र १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media