काठमाडौं तीनकुने क्षेत्रको कर्फ्यू स्थगित

राष्ट्रपाटी न्युज

चैत्र १६, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू शनिबार बिहान ७ बजेबाट स्थगित भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै कर्फ्यू स्थगन भएको जानकारी गराएका हुन् ।

पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो। त्यसपछि शनिबार बिहानसम्म थप भएको कर्फ्यू स्थिति सामान्य बन्दै गएपछि स्थगित भएको हो ।

 


Published :चैत्र १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media