त्रिविका उपकुलपति बरालद्वारा राजीनामा

राष्ट्रपाटी न्युज

चैत्र १६, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाए हुन् । तर राजीनामा स्वीकृत भने भएको छैन ।

बराल गत वर्ष फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।


Published :चैत्र १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media