म्याद थप्नका लागि राप्रपाका नेता मिश्र र राणालाई अदालत उपस्थित गराइयाे

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८१

काठमाडौं । राजावादीहरूको प्रदर्शनमा हिंसा भत्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रतिनिधिसभा सदस्यसमेत रहेका धवल शमशेर राणालाई सरकारी वकिलको कार्यालय हुँदा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न आइतबार अदालतमा उपस्थित गराएको हो।

राप्रपा नेताहरूलगायत पक्राउ परेकाहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रहरीले अदालतसमक्ष उपस्थित गराइएको हो। चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुर्‍याइएको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो ।


Published :चैत्र १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media