मिश्र र जबरालाई पाँच दिन थुनामा राख्न अनुमति

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८१

काठमाडौं । जिल्ला अदालत  काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ।

प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न आइतबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो। सोही अनुसार उनीहरूलाई थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको हो।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुर्‍याइएको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो ।


Published :चैत्र १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media