भोलि सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८१

काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले बिदा दिइएको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार बिदा दिइने निर्णय भएको जानकारी दिएका छन् ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।


Published :चैत्र १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media