सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७७ हजार ९ सय कायम

राष्ट्रपाटी न्युज

१७ चैत्र २०८१

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अंकमा पुगेको सुनको मूल्य आइतबार पनि बढेको थियो ।

आज फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय कायम भएको सुनको मूल्य आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३५ पुगेको छ ।


Published :१७ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media