राप्रपा सांसद दीपक बोहराको निधन

राष्ट्रपाटी न्युज

१८ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री तथा सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन् ।

रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहोरा पोस्ट कोभिड समस्याले गर्दा बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । निर्वाचनका बेला पनि उनले नबोली जितेका थिए ।
संक्रमणको चार/पाँच महिनापछि बोहराको स्वरमा केही परिवर्तन देखिएपछि थप उपचारका लागि दिल्ली पुगेका थिए । चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि अमेरिकाको न्यूयोर्क पुगेर पनि उपचार गरेका थिए ।

पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । नबोलेरै पनि चुनाव जितेका उनले संसदमा पनि आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

 


Published :१८ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media