मिश्र र जबरालाई थप ७ दिन हिरासतमै राख्न अनुमति

राष्ट्रपाटी न्युज

चैत्र २०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा धवल समशेर जबरामाथि अनुसन्धान गर्न दोस्रो पटक म्याद थपिएको छ ।

गत चैत १५ गते राति पक्राउ परेका उनीहरुलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिएको थियो । उनीहरूलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको हाे ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि पाँच दिनको म्याद मागेर अनुसन्धान गरिरहेको प्रहरीले दोस्रो पटक थप मागेको हो ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री जबरासहित ११ जनाविरुद्ध राज्यद्रोह र अपराधिक अपद्रवसहितका मुद्दामा प्रहरीले अनुसन्धान गर्दैछ ।


Published :चैत्र २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media