कुलमानको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राष्ट्रपाटी न्युज

चैत्र २१, २०८१

काठमाडौं । कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकारको आदेश दिएको छ।

गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफ्नो कार्यकाल छँदै सरकारले बदनीयतपूर्वक हटाएको भन्दै अन्तरिम आदेशको माग गर्दै घिसिङ सर्वोच्च पुगेका थिए।

चैत १५ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो। अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई चैत १७ गते छलफलका लागि बोलाएको थियो।


Published :चैत्र २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media