थाहा पाउनुहोस् २०८१ चैत २३ गते शनिबारको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८१

काठमाडौँ । आज वि.सं २०८१ चैत २३ गते शनिबार, ई.स. २०२५ अप्रिल ५, तिथि- चैत शुक्लपक्ष अष्टमी, आद्र्रा- नक्षत्र, १०ः३७ बजेपछि पुनर्वशु, अतिगण्ड- योग, भद्रा- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः५२, सूर्यास्त- १८ः२३ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।


Published :चैत्र २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media