रवि लामिछानेलाई आज भैरहवा लगिने

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ ।

शुक्रबार राति पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । उच्च अदालत बुटवलको तुलसीपुर इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुढानीलकण्ठस्थित निवासबाटै लामिछानेलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोली घरमा पुगेपछि  सभापति लामिछानेले आफूले अदालतको सम्मान गर्दै गिरफ्तारी दिन लागेको बताएका थिए । उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् ।

लामिछानेले शनिबार चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पार्टी पंक्तिलाई आग्रह पनि गरेका छन् । उच्च अदालतले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

लामिछानेलाई थुनामै राख्न माग गर्दै सरकार रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगेको थियो ।


Published :चैत्र २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media