काठमाडौं । नेकपा (एमाले) काठमाडौंले प्रथम प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबल बहुउदेश्यीय खेल मैदानमा यहि चैत्र २९ गते उद्घाटन समारोह संचालन गरिने नेकपा (एमाले) काठमाडौं ४ का संयोजक राजन कुमार पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार चैत्र ३० गते बन्द सत्र संचालन हुनेछ।
उक्त कार्यक्रमको उद्घाटन सत्रलाई भव्य र ऐतिहासिक बनाउन व्यापक तयारि भैरहेको आयोजकले जानकारी दिएको छ। उक्त कार्यक्रम सम्पन्न गर्न कार्यक्रम स्थललाई आकर्षक बनाएर विभिन्न नाकामा दर्जनौं स्वागत गेट निर्माणको तयारी भैरहेको नेकपा (एमाले) बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन्। उनका अनुसार उद्घाटन सत्रलाई भव्य बनाउन विभिन्न स्टल राख्ने , स्थानीय उत्पादन, संस्कृति तथा झाँकीहरुलाई प्रदर्शन गर्दै झन्डै दश हजार मानिसहरुलाई सहभागी गराउने लक्ष्य रहेको छ।