काठमाडौँ । आज वि.सं २०८१ चैत २५ गते सोमबार, ई.स. २०२५ अप्रिल ७, तिथि- चैत शुक्लपक्ष दशमी, तिष्य- नक्षत्र, १०ः१७ बजेपछि अश्लेषा, धृति- योग, तैतिल- करण, चन्द्रराशि-कर्कट, सूर्योदय- ५ः५०, सूर्यास्त- १८ः२४ ।
मेष : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।
वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।
मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।
कर्कट : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।
सिंह : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।
कन्या : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
तुला : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।
वृश्चिक : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।
धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।
मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।
कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मीन : राज्य पक्षबाट अनावश्यक झै–झमेला आइलाग्न सक्छ ।