काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

राष्ट्रपाटी न्युज

चैत्र ३०, २०८१

काठमाडौं । काठमाडौंमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका- ११ बबरमहलस्थित सडकमा प्र २-०३-०१८प ५८३४ नंको स्कुटरलाई प्र ३-०२-०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।


Published :चैत्र ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media