आज देखि बुढानीलकण्ठ नगर अस्पतालमा २४ घण्टा आकस्मिक सेवा

राष्ट्रपाटी न्युज

बैशाख १, २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालले नयाँ वर्ष २०८२ को अवसर पारेर २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ।

सेवाको औपचारिक शुभारम्भ नगर प्रमुख मिठाराम अधिकारी, उपमेयर अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, विभिन्न वडाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौला, अस्पताल निर्देशक डा. सुधांसु झा, अस्पताल विज्ञ परामर्श समिति पदाधिकारीहरू तथा अस्पताल र नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा गरिएको थियो।

अस्पताललाई २४ घण्टा सञ्चालन गर्नका लागि २४ जना नयाँ कर्मचारी नियुक्त गरिएको नगरपालिकाले जनाएको छ। नगरवासीलाई सहज र समयमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।


Published :बैशाख १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media