भव्य एवं ऐतिहासिक बन्यो बागद्वार मेला प्रथम सांस्कृतिक कार्यक्रम २०८२

राष्ट्रपाटी न्युज

बैशाख २, २०८२

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले ‘बागद्वार मेला प्रथम सांस्कृतिक कार्यक्रम २०८२ एबम शुभकामना आदान प्रदान कार्यक्रम ’ भव्य रुपमा सम्पन्न गरेको छ।

नयाँ बर्ष २०८२ को अवसर पारेर बुढानीलकण्ठ नगरपालिका वडा नं. १ स्थित तौलुङ्ग चौतारामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुतिहरु रहेका थिए। पुरुषा शुल्म्ता समूहको समन्वयमा दिउसो २ बजेबाट शुरु भएको कार्यक्रममा ठुलो संख्यामा सहभागीहरु उपश्थित रहेका थिए।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसार एवं सम्बर्द्वन गर्ने उदेश्यले बागद्वार मेला प्रथम सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गरिएको र आगामी बर्षहरुमा समेत यसलाई निरन्तरता दिइने वडाध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन्।


Published :बैशाख २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media