श्री जय भद्रकाली आधारभूत विद्यालयमा नि.मा.वि. राहतमा दरखास्त आव्हान

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १ तौलुङ्ग काठमाडौंमा रहेको श्री जय भद्रकाली आधारभूत विद्यालयमा शिक्षक पदमा दरखास्त खुलेको छ।

श्री जय भद्रकाली आधारभूत विधालयले एक सुचना जारि गरेर उक्त जानकारी दिएको हो।

उक्त सूचना अनुसार शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौको मिति २०८२/०१/०७ को चं. नं ७३२ पदपूर्ति लागि प्राप्त अनुमति पत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०१/०९ गतेको बैठकको निर्णय अनुसार विद्यालयमा रिक्त रहेको विज्ञान नि.मा.वि. राहत तृतीय श्रेणी अनुदान राहत शिक्षक दरबन्दीमा खुला प्रतियोगितात्मक छनौट प्रकृयाद्धारा पदपूर्ति गरी करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले आबेदन दिन आव्हान गरिएको छ ।


Published :बैशाख ९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media