सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेको परिवारलाई दश लाख दिने

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८२

काठमाडौं । सरकारले राजावादी समूहको आन्दोलनका क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनामा परेर ज्यान गुमाउनेको परिवारलाई दश लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी  एभिन्यूज खबरकर्मी सुरेश रजक र कीर्तिपुरका. सविन महर्जनको निधन भएको थियो ।

सरकारले उनीहरुका परिवारको नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । रजकको तीनकुनेमा आन्दोलनकारीले एउटा घरमा आगो लगाउँदा घरभित्र दृश्य खिचिरहेका अवस्थामा जलेर निधन भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर  मृत्यु भएको थियो ।


Published :बैशाख ९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media