यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८२

काठमाडौँ । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का हिमपातसमेत हुनेछ।

त्यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ ।


Published :बैशाख २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media