बाघको संख्या बढाए उसलाई जमिन पुग्दैनः प्रधानमन्त्री ओली

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले  बाघ तस्बिरमा देख्दा धेरै राम्रो भएपनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने बताए ।

तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि ओलीको  आग्रह छ  । प्रधानमन्त्री ओलीले बाघ क्षेत्रपति जात भएकाले उसले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने बताए । ओलीले बाघलाई खाना नपुगेपछि खानाको खोजिमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने भन्दे कटाक्ष गरे । प्रधानमन्त्री ओलीले  बाघले कानूनको किताव पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको भन्दै प्रकृति संरक्षण लागि बाघको संरक्षण अनिवार्य रहेको उललेख गरे । बन क्षेत्रमा बस्ती बस्न दिन नहुने भन्दै प्रधानमन्त्री ओलीले बन क्षेत्र बढाउन नसकिने भएकाले सघन बनतर्फ जोड दिनुपर्ने बताए ।


Published :बैशाख २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media