तीनकुने घटनामा संलग्नताको आरोपमा शिवसेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८२

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको हो।

बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनीमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


Published :बैशाख २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media