आज २५६९ औं बुद्ध जयन्ती, सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

बैशाख २९, २०८२

काठमाडौं । आज भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्ती, देशैभर बिबिध कार्यक्रम गरी मनाइँदै छ ।

शान्तिका अग्रदूतका रूपमा विश्वमा चिनिएका सिद्धार्थ गौतमलाई भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका मानिदै  बुद्धको पूजा, आराधना एवं प्रवचन गरी उनको जयन्त्री मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो ।  सरकारले बुद्ध जयन्तीका अवसरमा आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि  पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।


Published :बैशाख २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media