संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०८२

काठमाडौँ । राष्ट्रिय सभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सभाको आज बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ।


Published :बैशाख ३०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media